नियम
निर्जीवन बिमा व्यवसाय
(१) निर्जीवन बिमा व्यवसाय अन्तर्गत बिमकले देहायका बिमा व्यवसाय गर्न सक्नेछन्ः–
(क) अग्नी बिमा ।
(ख) मोटर बिमा ।
(ग) सामुद्रिक बिमा ।
(घ) इन्जिनियरिङ तथा ठेकेदार जोखिम बिमा ।
(ङ) हवाई बिमा ।
(च) विविध बिमा ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि समितिले आवश्यकतानुसार निर्जीवन बिमा व्यवसायको अन्य किसिमहरू समेत तोक्न सक्नेछ ।
(३) यस नियमबमोजिम गरिने निर्जीवन बिमाको लेखका शर्त एवं सुविधाहरू समितिले तोकिदिएबमोजिम हुनेछ ।